तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार ५ वर्षीय बालकको मृत्यु भएको छ ।
आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा खेलिरहेका शिशिरले लाइटर खेलाउँदा आगलागी भएको थियो ।
शिशिर ऋषिरामका नाति हुन् । पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको पाइएको प्रहरीले जनाएको छ ।
निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।






