जनकपुरधाम, फागुन २६ गते । जनकपुरधाम स्थित मोडेल मल्टिपल कलेजमा स्नातक तह बिबिएस र बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी हरुलाई बिदाइ गरिएको छ । क्याम्पसमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उनिहरु लाई बिदाई गरिएको हो ।
बिबिएस तेस्रो वर्षका विद्यार्थीहरुले आयोजना गरेको बिदाई कार्यक्रममा बिबिएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी कुमार पंकज ले स्वागत मन्तब्य राखेका थिए। उक्त अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । 
बिदाई हुने चौथो वर्षका बिद्यार्थी हरुका तर्फबाट बिदाई मन्तब्य राख्दै बिद्यार्थी संजय साहले चार बर्ष एउटै परिवार जस्तो भएर बसेको मा आज एक अर्का सँग बिदाई हुनुपर्दा दुख लागेको कुरा बउदै,आफुहरु बिहेको बेला छोरीहरुलाई विदाइ गर्दा जतिकै दुख लागेको बताए । त्यसैगरी क्याम्पसका प्रोफेसर/शिक्षक प्राध्यापकहरुका तर्फबाट बिदाई मन्तब्य राख्दै क्याम्पस प्रमुख बिरेन्द्र साहले बिदाई भएर जाने आफ्ना बिद्यार्थी हरुलाइ स्नातकोत्तर उतिर्ण गरि सफलताको शिखरमा पुग्न शुभकामना दिदै, मोडेल मल्टिपल क्याम्पसले उत्पादन गरेका विद्यार्थी हरुले देशका बिभिन्न क्षेत्रमा अग्रपँत्तीमा बसेर सेवा गरिरहेको कुरा स्मरण गर्दै बिदा भएर जाने विद्यार्थी हरुले समेत आगामी दिनमा देशका बिभिन्न क्षेत्रमा प्रगती गर्दै जाने बिश्वास रहेको बताउनु भयो । साथै उहाँले बिदाई भएर जान लागेका बिद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना समेत व्यक्त गरेका छन् ।
क्याम्पस प्रमुख बिरेन्द्र साहको सभाअध्यक्षता र क्याम्पसका प्रोफेसर/शिक्षक/शिक्षिकाहरुको आतिथ्यतामा सम्पन्न बिदाइ कार्यक्रममा स्नातक तह चौथो वर्षका बिद्यार्थी हरुलाइ खादा, फुलमाला तथा मायाको चिनो सहित बिदाई गरिएको थियो । साथै बिदाइ भएर जाने बिबिएस चौथो वर्षका विद्यार्थीहरुले क्याम्पसलाई स्मरण स्वरुप नेपालको राष्ट्रिय ध्वजा/झन्डा हस्तरान्तरण गरेका छन । 






