दोस्रो इन्टर कलेज क्रिकेट प्रतियोगिता: मिट क्याम्पसमाथी मोडेल कलेजको सानदार जित 

२०८० फाल्गुन २८, सोमबार १२:५७

जनकपुरधाम,फागुन २८ गते । जनकपुरधाममा दोस्रो इन्टर कलेज क्रिकेट प्रतियोगितमा आज सोमबारको खेलमा मोडेल मल्टिपल कलेज ९ विकेटको सानदार जित हात पारेको छ । बाह्रविघा मैदानमा भएको खेलमा एक विकेट गुमाउँदै मोडेल मल्टिपल कलेजले मिट क्याम्पसलाइ पराजित गर्दै पहिलो जित निकालेको हो ।

टस जितेर मिट क्याम्पसले सुरुमा ब्याटिङ रोजेका थिए । १५ ओभर पाँच बलमा सबै विकेट गुमाएर मोडेल मल्टिपल कलेजलाई मिट क्याम्पसले ६१ रनको लक्ष्य दिएको थियो । मिट क्याम्पसको ब्याट्सम्यानले केही उत्कृष्ट प्रदर्शन गर्न सफल रहेन । मोडेल कलेजका लागि अमितले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १९ रन खर्चेर चार विकेट लिए । भने केशवले ९ रन खर्चेर २ विकेट लए । त्यस्तै अहमदले ७ रन खर्चेर २ विकेट लिए । भने गुड्डु र साइमोन रोयले एक एक विकेट हाथ पार्न सफल भए ।

जवाफी ब्याटिङमा उत्रेका मोडेल मल्टिपल कलेजले ७ ओभर तिन बलमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । मोडेलका लागि रोहनले सर्वाधिक २० रन जोड्दै नटाआउट रहे । भने जहिदले १६ रनको योगदान दिए। भेन साइमोन रोयले १५ रन बनाउदै छाका प्रहार गरि टिमलाइ बिजय बनाउन सफल भए । यस खेलको म्यान अफ दी म्याच मोडेल मल्टिपल कलेजको तर्फबाट अमित घोषित भए ।

मोडेल मल्टिपल कलेजले आफनो पहिलो उद्घाटन खेलमा वि.पी. मेमोरियल संग प्राजित भएको थियो । गत शनिवार भएको खेलमा मोडेल मल्टिपल कलेजलाई ३ विकेटले हराउँदै वि.पी. मेमोरियलले पहिलो जित हाथ पर्न सफल भएको थियो  ।

अब मंगलवार मोडेल मल्टिपल कलेजले राराब क्याम्पस संग भिड्नेछन् । यो हार संगै मिट क्याम्पस यो प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?