मोडेल मल्टिपल कलेजमा ८३ जनाले गरे रक्तदान

२०८० चैत्र ८, बिहीबार ०८:३३

पुजा कुमारी पासवान 

जनकपुरधाम, ८ चैत । जनकपुरधाम स्थित रहेका मोडेल मल्टिपल कलेजको आयोजना र बल्ड फोर नेपालको सह-आयोजनामा भएको रक्तदान कार्यक्रममा ८३ यूनिट रगत संकलन भएको छ । रक्त संकलनमा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेका छन ।

आज बिहिवार मोडेल मल्टिपल कलेजको प्राङ्गणमा भएको  बृहत रक्तदान कार्यक्रममा ८३ जना विद्यार्थी र शिक्षक/शिक्षिकाहरुले रक्तदान गरेका हुन् । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यकतालाइ आपूर्ति गर्ने उदेश्यले कलेजमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

आधुनिक शिक्षासंगै विद्यार्थीहरु दिनप्रतिदिन व्यवसायिक बन्दै गएको गुनासो आइरहेको बेला मोडेल कलेजमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान गरि उदाहरणीय काम गरेका छ्न ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको र अबको आउने दिनमा प्रतेक वर्ष स्नातक चौथो वर्षको विदाइ गर्नु भन्दा अगाडि हाम्रो कलेजले रक्तदान कार्यक्रम राख्ने मोडेल मल्टिपल कलेजका संस्थापक बिरेन्द्र साहले बताउनु भयो ।

हरेक वर्ष कलेजले विभिन्न सामाजिक उत्तरदायित्वका विभिन्न क्रियाकलाप गरिरहने र यसपटक पनि सोहि अनुसार स्नातक बिबिएसका विद्यार्थीहरुको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?