जनकपुर चैत १८,डेस्क। दाङमा स्कुल बसको ठक्करबाट एकजना घाइते भएका छन् भने बाख्राको खोर भत्किएको छ। घाइते हुनेमा बबई गाउँपालिका–४ सुर्यनगरका अन्दाजी २८ वर्षीय सुर्य बहादुर बुढा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो शनिबार बेलुका ६ बजेको समयमा रा १ ख २५२१ नम्बरको ग्रेट आइडिएल एकेडेमी स्कुलको बस सडकमा मोड्ने क्रममा छेउमा रहेको घरमा ठोक्किदा सँगै सटेको बाख्राको खोर भत्किनुका साथै घर छेउमा बसिरहेका सुर्य बहादुरलाई ठक्कर दिएको हो । दुर्घटनामा परी घाइते भएका बुढालाई सिटि हस्पीटल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।






