निर्माण व्यवसायी संघ धनुषाको कोषाध्यक्ष पदमा लक्ष्मण कुमार यादवको प्रवल सम्भावना

२०८० चैत्र २३, शुक्रबार १३:२२

जनकपुरधाम। निर्माण व्यवसायी संघ धनुषाको निर्वाचन तालिक मिति चैत २४ गते शनिवार रहेको छ। सो निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका ई. लक्ष्मण कुमार यादवको सम्भावना अत्यधिक रहेको कुरा बुझिएको छ।

यादव कोषाध्यक्ष पदमा जित्ने लगभग पक्कापक्की भइसकेको छ। चैत्र २४ गते शनिबार नयाँ नेतृत्व चयनको लागि भइरहेको निर्वाचनमा कृष्णवंशी कन्सट्रक्सनको संचालकसमेत रहेका यादव विगत लामो समयदेखि निर्माण ब्यवसायीमा आबध्द भएर काम गरेको अनुभव छ।

निर्माण व्यवसायी भएर काम गरेको अनुभव छ । थुप्रै समस्या देखेको र भोगेको छु। समस्या लाई चुनौतीको रुपमा लिई अवसरमा बदिल्न आवश्यक भएको उम्मेदवार यादव बताउँछन्। निर्माण व्यवसायमै आबद्ध रहँदै आएर कामलाई नजिक बाट नियालेको छु । निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गरी यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउनमा जोड दिने उनको प्रतिबद्धता रहेको थियो।

यादव यस भन्दा पहिला नेपाल ईन्जिनियरिङ् एसोसिएसनको केन्द्रीय सदस्यमा विजय भई काम गरेको अनुभव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?