गृह मन्त्री साहद्वारा छात्राहरुलाई ब्याग वितरण

२०७९ भाद्र २६, आईतवार १५:२१

भदौ २६ गते,जनकपुरधाम ।

सुरक्षित बेटी अभियान अन्तर्गत मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले ब्याग वितरण गरेका छन ।

महोत्तरीको गौशाला नगरपालिका वडा नं.१ अन्तर्गत रहेको श्री मा.वि रामनगरमा मन्त्री साहले ब्याग वितरण गरेका हुन ।मधेश प्रदेशको गृह तथा संचार मन्त्रालय द्वारा संचालित सुरक्षित बेटी अभियान अन्तर्गत मन्त्री साहले कक्षा ९ मा अध्यनरत छात्राहरुला ब्याग वितरण गरेका हुन् ।

मन्त्री साहले शिक्षित र आदर्श समाजको निर्माण गर्नका लागि छोरी शिक्षित हुनु अत्यावश्यक रहेको बताए ।

त्यस्तै भानुभक्त मा.वि का प्रधानाध्यापक श्याम सापकोटाले यस विद्यालयमा हालसम्म कुनै पनि नेताले चासो नलिए को खण्डमा मन्त्री साहले व्याग वितरण गर्नभएकोमा आभार प्रकट गरेका छन् ।

संचार मन्त्रिको साथ र सहयोगले यस विद्यालयको विकास र शिक्षा गुणस्तर हुने समेत उनले विश्वास व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?