सिरहा साबिक भदैया गा.वि.स. वडा नं. ५ हाल लहान नगरपालिका, वडा नं. १८ बरैरबोना बस्ने अं. वर्ष ७० को ईस्लाम मियाँ धुनियालाई सम्मानित सिरहा, जिल्ला अदालतको मिति २०४२।०९।१० गतेको फैसला अनुसार मिति २०३६।०७।०९ गते जिल्ला सिरहा, लहान नगरपालिका, वडा नं. २४ बस्ने खट्टर चौधरीलाई ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद तोकिएकोमा निज फरार रहेको प्रतिवादीलाई गोप्य सूचनाको आधारमा मिति २०८०।१२।२४ गते अ.०६:०० बजेको समयमा प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलिले निजलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अबस्थामा पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई आवश्यक अनुसन्धान पश्चात मिति २०८०।१२।२५ गते सम्मानित सिरहा जिल्ला अदालतमा पेस गरि सम्मानित अदालतको आदेश अनुसार निज ईस्लाम मियाँ धुनियालाई कैद भुक्तानको लागि आज मिति २०८०।१२।२५ गते सिरहा कारागार चलान गरिएको छ ।




