छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेल

२०८० चैत्र २७, मंगलवार ०९:५६

चन्दन रजक सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा मंगलबार पूजाआजा गर्दैै राष्ट्रपति रामचन्द्र पौडेल ।

भगवतीकाे मन्दीर भगवती धर्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित स्थान हो । यो मन्दिरमा दशैँको बेला ठूलो मेला लाग्ने गर्दछ ।

छिन्नमस्ताको दर्शनका लागि भारतसहित देशैभरीका भक्तजनहरु पुग्ने गर्छन् ।

भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ ।

सखडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?