जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु र ५२ जना घाइते

२०८१ बैशाख ७, शुक्रबार ०३:४८

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । शुक्रबार दिउँसो मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीमा बा २ ख ४३२५ नम्बरको आमा ह्योल्मो बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा मेलम्ची १० का खुमराज अधिकारी (वर्ष ६०), चन्द्रबहादुर देउजा (वर्ष ४४) र मेलम्ची १२ का ठुलीकान्छी पराजुली रहेको प्रहरीको भनाई छ । पाँच जनाको काठमाडौंमा उपचार हुँदै, अन्य सामान्य घाइते उपचारपछि घर फर्किसकेका छन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार बस सडकबाट झण्डै ३५ मिटर तल खसेको छ । दुर्घटनाका घाइतेमध्ये केहीलाई काठमाण्डौंको वि एण्ड वि हस्पिटल, ओम अस्पताल र केहीलाई मेलम्ची ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए । बसमा करिब ५० जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?