भर्ना अभियान कार्यक्रममा वडा अध्यक्ष आफै भए सहभागी

२०८१ बैशाख ११, मंगलवार १३:४२

चन्दन रजक , ११ वैशाख । सप्तरी ।राजबिराज नगरपालिकाका सामुदायिक विद्यालयले सबै बालवालिका विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चिता नाराका साथ विद्यार्थी भर्ना अभियानका लागि गरेको घरदैलो कार्यकममा सो वडाका अध्यक्ष उदितनारायण यादव आफै सहभागि भई घरदैलो कार्यक्रम गरेका छन्

वडा अध्यक्ष उदितनारायण यादव लगायत प्रधानाध्यापक , शिक्षक र विद्यार्थीहरुको  उपस्थिति समेत रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष यादवले वडा भित्रका हरेक विद्यालयका शिक्षा गुणस्तरीय बनाउनुको साथै निशुल्क शिक्षालाई प्रभावकारी बनाउँदै दलित, बिपन्न, गरिब, असाय वर्गको बालबालिकालाई शिक्षाका लागि थप सहयोग समेत गर्ने बताए । तर यदि कुनै पनि अभिभावकले बालबालिका विद्यालय पठाउन चासो नलिएमा वडा वाट पाउने सबै सेवासुविधाबाट बंचित गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?