सप्तरीमा राप्रपाको मसाल जुलुस प्रदर्शन

२०८१ बैशाख १४, शुक्रबार १६:१४

चन्दन रजक सप्तरी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सप्तरीमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

शुक्रबार सप्तरीको सदरमुकाम राजविराजमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

गते २०८० चैत्र २७ गते काठमाण्डौमा गरेको आन्दोलनको क्रममा प्रहरि सँग भएको झडपमा वर्दियाका जिल्ला स्तरिय नेता श्री ठाकुर प्रसाद डाँगीको निधन भएको थियो।

डाँगीलाई सहिद घोषणा गर । हिन्दू राष्ट्र कायम गर।
सवैधानिक राजसंस्था पुर्नस्थापना गर । सहितको विभिन्न माग गरेको छ। माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?