धनुषाबाट १५९ किलो लागू औषध गाँजा बरामद 

२०८१ बैशाख १८, मंगलवार १२:२३

१८ बैशाख, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्नीया गाउँपालिका वडा नं. ६ बैरीयाबाट १५९ किलो लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज मंगलवार ०९:१५ बजेको समयमा १५९ किलो ग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा मुखियापट्टी मुसहर्नीया गाउँपालिका वडा नं. ६ बैरीया वर्ष ३० का छोटे यादव रहेको छ । यादव विगत ५ (पाँच) वर्ष देखि भारतमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ  ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी बहेडाबेलाबाट खटि गएको संयुक्त प्रहरी टोलिले यादवको गोठ भित्र लुकाईछिपाई राखेको १५९ किलोग्राम लागु औषध गाँजा बराम गरिएको छ । उक्त लागु औषध र यावदलाइ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?