बैशाख १८, डेस्क। सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ ।
जिल्लाको महादेवा गाउँपालिका-१ चिम्टीमा मंगलबार दिउँसाे २ बजेदेखि सुरु भएको आगलागी अहिले सम्म पनि पूर्ण रुपमा नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी २ सयभन्दा बढी घर जलेर पूर्ण रुपी नष्ट हुँंदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीले गाउँ नै स्वाहा भएको हो ।
दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासी आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको प्रहरीले जनाएका छन् ।
हनुमाननगर कंकालिनी, राजविराज, शम्भुनाथ नगरपालिकाबाट गएको बारूण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । साँझ ७ बजेसम्म पनि आगो पूर्ण नियन्त्रणमा नआएको बताइएको छ ।






