रौतहटमा आगलागी हुँदा पाँच घर जलेर ध्वस्त 

२०८१ बैशाख २०, बिहीबार ११:४५

२० बैशाख,रौतहट ।  रौतहटको माधवनारायण नगरपालिका वडानम्बर ६ माधोपुर स्थीत विनटोलमा पाँचवटा घर जल्दा सात लाख भन्दा बढीको क्षती भएको छ । स्थानीय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट सल्किएको आगो रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया, र हृदय नारायण मुखियाको घर गोठमा सल्कदा पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीका कारण घरभित्र रहेको अन्नपात लत्ताकपडा, गरगहना, नगद सहित ७ लाख ५० हजार  रुपैया बराबरको क्षती भएको जनाइएको छ ।

सुरक्षाकर्मीको अथक प्रयास  र गौर नगरपालिकाको बारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिईएको माधब नारायण नगरपालिकाका मेयर बैधनाथ यादबले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?