जनकपुरधाममा बौलाहा कुकुरले टोकेपछि ६ वर्षीया बालिकाको निधन

२०८१ बैशाख २६, बुधबार ०५:०३

२६ वैशाख,जनकपुरधाम । जनकपुरधामको पुलचोकमा बौलाहा कुकुरले टोकेपछि एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलवार साँझ बोलाहा कुकुरले टोकेपछि दिपक साहकी छोरी सन्ध्या साहको मृत्यु भएको हो । कुकुरले टोकेपछि उपचारका लागि अस्पताल लग्न नपाउँदै बालिका सन्ध्याको मृत्यू भएको स्थानीय रमेश साहले जानकारी दिए ।

शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक मजदुर हुन् । उनी श्रीमतीसंगै पुल चोकमा कोठा भाडा लिएर बस्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?