सप्तरीमा गजेन्द्र स्मृति सामुदायिक भबन तथा संग्रहालयको सिल्यानास

२०८१ बैशाख २८, शुक्रबार ०९:०६

 

चन्दन रजक, वैशाख २८ , सप्तरी।  सप्तरीको राजविराज नगरपालिकामा गजेन्द्र स्मृति सामुदायिक भबन तथा संग्रहालय निर्मान भवनको सिल्यानास गरिएको छ ।

सप्तरी क्षेत्र नम्बर २ ख का प्रदेश सांसद पूर्व शिक्षा तथा सांस्कृतिक मन्त्री महेश यादव र मधेस सरकारका अर्थ तथा योजना आयोगको सभापति सतिश सिंह, र नगरपालिका कारवाहक मेयर इसरत प्रविन र वडा नम्बर २ का अध्यक्ष अरुण मण्डलले संयूक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

वडा नम्वर- २ मा  गजेन्द्र स्मृति सामुदायिक भबन तथा संग्रहालयमा सुविधा सम्पन्न स्मृतिको शिलान्यास गरिएको छ्न्। जनमत पार्टीका युवा नेता सचिदानन्द यादवले जानकारी दिनुभयो ।

६० लाख २० हजार ६४७ रुपैयाको लागतमा गजेन्द्र स्मृति एक तल्ले सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ ।
भवन निर्माणको काम गर्न श्री कृति विल्डर्स, राजविराज-१५, सप्तरीलाई ठेक्का दिएको बुझिएको छ ।

वडा नम्बर – २ का वडा अध्यक्ष, कार्यपालिका सदस्य , विभिन्न पार्टीका राजनैतिक दलका प्रत्तिनिधी , कर्मचारी , स्थानीय बुद्धिजीवी , पत्रकार लगायत सयौ जनाको रोहवरमा औपचारिक कार्यक्रमको आयोजना गरी भवनको सिल्यानास गरिएको छन् ।

मन्त्री यादवले तोकेको समयभित्र मापदण्डको पालना गरी गुणस्तरीय भवन बनाउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?