भारतमा ज्यान गुमाएका महरा परिवारलाई जनमतका नेताकार्यकर्ताले गरे आर्थिक सहयोग

२०८१ बैशाख २९, शनिबार १५:२०

कमला नगरपालिका-४ सघारा घर भएका ५५ वर्षिय महेन्द्र महराले घर परिवार चलाउन भारतको सुरतमा केहिदिन अगाडि गरेको थिए।तर,उहाँको सुरतमा काम गरेको दुई महिनामै मृत्यु भएको थियो।

महराको आर्थिक रुपमा एकदमै कमजोर रहेकोले जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनको परिवारलाई २५ हजार आर्थिक सहयोग गरेको पार्टीका नेता जगतलाल मण्डलले बताए ।जनमत पार्टी कमला नगरपालिका -४ का वडाध्यक्ष शम्भु कुमार महराले आफ्नै पार्टीका नेताकार्यकर्ताहरुबाट सहयोग जुटाएर २५ हजार पीडित परिवारलाई हस्तान्तरण गरेको छ।

सहयोग गर्नेहरुमा जनमत पार्टीका नेता जगतलाल मण्डल ११ हजार,शम्भु महरा ६ हजार,जनमत पार्टीका राष्ट्रिय परिषद सदस्य जय नारायण साह २५ सय,दिपेन्द्र तेथवार १ हजार,राकेश ठाकुर १ हजार,सरोज मरिक १ हजार,बिबेक मोरबैता ५ सय,दिपेश मोरबैता ५ सय,मुना साह १ हजार र रामकुमार महरा ५ सय रुपैयाँ सहयोग गरेपछि जम्मा २५ हजार पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति पीडित महरा परिवारलाई हस्तान्तरण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?