चन्दन रजक, वैशाख ३१, सप्तरी। सप्तरी।जनमत पार्टी मधेश प्रदेस संसदीय दलको नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादवले विद्यालय भवनको शिलान्यास गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका-३ कटैयाका मा वि विद्यालयमा ४ कोठे भवन र शम्भुनाथ नगरपालिका वडा नं २ खैरबोनाका आधारभूत विद्यालयमा दुई कोठे भवनको सोमबार एक कार्यक्रमबीच पूर्वमन्त्री यादवले शिलान्यास गरेको छ।
यादव सप्तरी निर्वाचन क्षेत्र नं. २ (ख) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।
भवन निर्माणको लागि मधेश प्रदेशको शिक्षा तथा सांस्कृतिक मन्त्रालयबाट चालु आर्थिक
वर्षमा चार कोठाको लागि ५० लाख दुई कोठाको लागि २५ लाख बजेट विनियोजन भएको उनले पूर्वमन्त्री यादवले सुनाए। सो कार्यक्रममा रूपनि गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी वडाध्यक्ष अमरलाल मुखिया शम्भुनाथ नगरपालिका वडा नं २ का वडा अध्यक्ष दुर्गान भगत , रामप्रसाद मण्डल, समाजसेवी तेज नारायण यादव ,भगवती प्रसाद यादवलगाइतको स्थानीयहरुको उपस्थितिमा शिलान्यास भएको छ।






