जनकपुरको भाटभटेनी घुम्न गएका तीन बालिका तीन दिनदेखि बेपत्ता

२०८१ जेष्ठ १७, बिहीबार १४:५२

जनकपुरधाम,१७ जेठ । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न गएका तीन जना बालिका बेपत्ता भएका छन् । बर्दिबास नगरपालिका–१ का १० देखि १३ वर्ष उमेर समूहका तीन बालिका गएको मंगलबारदेखि बेपत्ता भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पुष्टि गरे ।

डीएसपी पोखरेलका अनुसार तीन बालिका गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर गएका थिए । तर, घर नफर्किएको भनेर जानकारी आएपछि उनीहरुको खोजी र घटनाको थप अनुसन्धान गरिरहेको उनले बताए । बेपत्ता हुने बालिका एउटा १० वर्षकी छन् भने बाँकी २ जना १३–१३ वर्षका छन् । उनीहरु बर्दिबासमै रहेको देउराली मावि र ग्लोवल एकेडेमीमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?