भारतमा लोकसभाको निर्वाचन अन्तिम चरणमा

२०८१ जेष्ठ १८, शुक्रबार २०:०८

काठमाडौं,१८ जेठ । भारतमा लोकसभाको निर्वाचन अन्तिम चरणमा पुगेको छ । शनिबार सातौँ तथा अन्तिम चरणको चुनाव हुन लागेको हो ।

बिहीबार देशका सात राज्यमा ५७ सिटमा मतदान भएको थियो । शनिबार हुने मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, कंग्रेसका सांसद राहुल गान्धी आदिको निर्वाचन क्षेत्रमा मतदान हुने छ ।

शनिबारको निर्वाचनसँगै डेढ महिना लामो मतदान सकिनेछ । शनिबार पन्जाबको १३ सिट, हिमाञ्चलमा चार सिट, उत्तर प्रदेशमा १३ सिट, पश्चिम बङ्गालमा ९ सिटमा मतदान हुनेछ । बिहारमा ८ सिट, ओडिसामा ६ सिट अनि झारखन्डमा ३ सिटमा पनि सोही दिन मतदान हुनेछ । यस निर्वाचनमा वारणासीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले उम्मेदवारी दिएका छन् । उनी तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने दाउमा छन् ।

शनिबारको मतदानमा भाजपाका संघीय मन्त्री अनुराख ठाकुर हिमाचलको हामिरपुरबाट उठेका छन् । अभिनेत्री कङ्गना रनावत प नि भाजपाको मन्डी सिटमा उठेकी छन् । भाजपाले गोरखपुरबाट अभिनेता रवि किशनलाई उठाएको छ । अप्रिल १९ देखि मे २५ सम्म चलेको छ चरणको मतदानमा २८ राज्यका ४८६ सिटमा मतदान भएका छन् । यी क्षेत्रमा ६२ दशमलव २ प्रतिशतदेखि ६८ दशमलव १६ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?