बिपि मेमोरियल कलेजलाई हराउँदै राराबले कब्जा गरे फाइनलको उपाधी

२०८१ जेष्ठ १९, शनिबार ०८:४१

जनकपुरधाम, १९ जेठ । जनकपुरधाममा `इन्टर कलेज क्रिकेट प्रतियोगिता २०८०´ को शुक्रबार भएको फाइनल खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसले बिपि मेमोरियल कलेजमाथी सानदार जित हात पारेको छ । बाह्रविघा मैदानमा भएको खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसले ५ ओभर अगाडि बिपि मेमोरियल कलेजलाइ पराजित गर्दै फाइनलको उपाधी आफ्नो नाम गरेको हो ।

टस जितेर बिपि मेमोरियल क्याम्पसले सुरुमा ब्याटिङ रोजेका थिए । १६ ओभर खेलेर ११३ रन बनाएर ११४ रनको लक्ष्य रा.रा.ब क्याम्पसलाइ बिपिले दिएको थियो । बिपि मेमोरियल कलेजको ब्याट्सम्यानले केही उत्कृष्ट प्रदर्शन गर्न सफल रहेन

जवाफी ब्याटिङमा उत्रेका रा.रा.ब क्याम्पसले लक्ष्य पछ्याउँदै ५ ओभर शेष रहदै ११४ रन बनाएर उपाधी आफ्नो कब्जा गरेको हो । उक्त खेलमा ४ ओभर बलिङ गरेर तीन विकेट लिए र १२ रन बनाएर रा.रा.ब क्याम्पसका विद्यार्थी अङ्कित सिंह राजपुत म्यान अफ द म्याच बनेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?