ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

२०८१ जेष्ठ १९, शनिबार १२:१८

काठमाडौँ,१९ जेठ । ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोकिएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन ।

गए राति बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौँ घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ का लोकेश राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

राति भएको दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?