सुनसरी,२० जेठ । सुनसरीबाट सशस्त्र प्रहरीले हुन्डीको आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। शनिबार राती सुनसरी जिल्लाको हरिनगर गाउँपालिका -५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाइ राखेको सो रकम बरामद भएको हो ।
बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ( ९७ लाख ) र ५ सय दरको ८ सय थान ( ४ लाख ) रहेको छ ।रकमसँगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका -५ बस्ने अन्दाजी वर्ष ३७ को ईसा अन्सारी लाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी छ।