१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड नगर्नुहोला: बालेन

२०८१ जेष्ठ २१, सोमबार १३:५५

काठमाडौं,२१ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै पीडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।

उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउन चेतावनी दिएका छन् ।

उनले भनेका छन्:

१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू । झापा गिरीबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  यही  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?