रौतहट,२१ जेठ । रौतहट प्रहरीले सोमबार २०० लिटर अवैद्य घरेलु मदिरा नष्ट गरेको छ । रौतहटको गौर नगरपालिका वडा नंं ९ बस्ने सुशील श्रेष्ठले सञ्चान गेरेको अबैध मदिरा पसललाई प्रहरीले नष्ट गरेको हो ।
प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलिले बरामद गरिएको उक्त परीमाणको अवैद्य मदिरा स्थानीय बुद्धिजीवी, युवा, जनप्रतिनीधि, सँचारकर्मीहरुको रोहबरमा नष्ट गरेका छन् ।
तयार मदिरा १५ लिटर, कच्चा पदार्थ २०० लिटर,मदिरा बनाउन प्रयोग गर्ने ग्याए एक वटा, चुल्हो एक वटा र भाडाबर्तन ३१ वटा नियन्त्रणमा लिए नष्ट गरिएको प्रहरी नायव उपरीक्षक एलिजा गिरिले बताइन् ।
अपराधिक क्रियाकलाप तथा अखाद्य वस्तु नियन्त्रणको लागि रौतहट प्रहरी अभियान तीव्र चलाइएकोे हो ।






