बारा प्रहरीद्वारा ४६ लाख भन्दा बढीको अबैध समान सहित ट्रक पक्राउ

२०८१ जेष्ठ २२, मंगलवार ०९:२१

बारा,२२ जेठ । बारा प्रहरीले ४६ लाख भन्दा बढीको अवैध समान सहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चौकबाट ना ६ ख १३०२ नम्बरको नियन्त्रणमा लिएको हो ।

स्रोत खुलाउन नसकेको ४६ लाख ७३ हजार २ सय ५६ रूपैया बराबरको हार्डवेयर, कपडा,टायर तथा अन्य खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरिक्षक बिरेन्द्रराज गुरुङ्गले बताए ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको ईकाइ प्रहरीको टोलिले चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समान भेटिएको बारा प्रहरीले जनाएको छ ।

उनका अनुसार नियन्त्रणमा लिएको समान सहित ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?