रौतहट,२२ जेठ । रौतहटको राजपुरमा एक युवकको शव फेला परेको छ। जिल्लाको राजपुर नगरपालिका-१ पिपरा भगवानपुर बहुर्अवाको पुर्व तर्फ ईदरिश गेट देखि सिर्सिया जाने हुलाकी सडक खण्डमा युवकको शव फेला परेको हो।
अन्दाजी ३५/४० वर्षको जस्तो देखिने युवक शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कालो पाइन्ट र सेतो गन्जी लगाएका ती युवकको तस्बिर सार्वजकिन गर्दै प्रहरीले आफन्तलाई सम्पर्कको लागि आग्रह गरेको छ ।
प्रहरी घटना स्थलमा पुगेर मुचुल्का उठाइरहेका छ्न । घटना सम्बन्धमा थप विवरण आउन बाकी रहेको छ ।






