सर्लाही,२३ जेठ । सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको बाग्मती नगरपालिका २ डुमरी टोल बस्ने २० वर्षीय दीपशरण चालिसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
गएराति करिब साढे ११ बजेको समयमा हरिवन नगरपालिका १० सुखे पोखरी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४९८९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ६४ प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक चालिसेको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।
ट्रक चालक ईश्वरपुर नगरपालिका १३ श्रीपुर बस्ने २६ वर्षीय सोलिन्द्रकुमार कुश्वाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।






