जनकपुरधाममा आज विश्व वातावरण दिवस मनाइँदै

२०८१ जेष्ठ २३, बुधबार १४:११

जनकपुरधाम,२३ जेठ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने राष्ट्रिय नाराका साथ आज मधेश प्रदेशको राजधानी जनकपुरधममा विश्व वातावरण दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

जनकपुरधाममा वन निर्देशनालय मधेश प्रदेश,जनकपुरधाम उपमहानगरपालिका,दुधमती नदी सरोकार समाज,नेपाल विकास समाज, जिल्ला वन कार्यालय धनुषा लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संस्था नेपालीज युथ फोर क्लाइमेट चेन्ज(NYCA) जनकापुरधाम, वर्ल्ड लिंक नेटवर्क जनकपुरधाम,नोबेल सकेन्डरी बोर्डिङ स्कुल र ग्रन्ड कम्पुटरले सरसफाइका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।

युवाहरूले वातावरण जोगाउने जिम्मेवारी पाएको हुनाले सबै युवा मिलेर आफ्नो वातावरण जोगाउनको लागि कम्तीमा हप्ताको एक दिन समय मिलाएर वातावरणलाई दिनु पर्छ ।  साथै अब प्रदूषण विरुद्ध लड्न र वातावरण संरक्षण प्रवर्द्धन गर्न तत्काल आवश्यकता बारे चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युवा/वातावरण अभियनी आनन्द सहनीले बताए ।

विश्व वातावरण दिवसको अवसरमा जनकपुर उपमहनगरपालिका का नगर प्रमुख मनोज कुमार साहले शुभकामना सन्देश दिँदै यो वर्ष हामीले ५०० बोटविरुवा लगाउने योजना बनाएका छौं । हामीले निरन्तर रुपमा वातावरण जोगाउनको निमित्त कामहरु  गरिरहेका छौं । त्यसका लागि सबैले मिलेर सहयोग गर्न र आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै, वन र खाली ठाउँमा विरुवा लगाउन र जग्गालाई बाँझो नराख्न आग्रह समेत गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?