जेष्ठ २८, डेस्क । आज महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरिएको छ । कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् ।
गौशाला नगरपालिका ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतो माथि मरहा खोलामा गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छ ।
आज सोमबार साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका ब्याक्तीहरुले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सन्तुलाल बताएका छन ।






