वीरेन्द्र कुमार, रौतहट जेष्ठ २९ गते । मौलापुर नगरपालिकामा जनताले बुझाउने बिद्युत महसुलक तेश्रो किस्ता वापत रू ४५ लाख २६ हजार आज नगरपालिकाले बिद्युत प्राधिकरणलाई बुझाएकोछ । नगरप्रमुख रीना कुमारी साहले बिद्युत शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गर्नुभएकोहो । मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन गर्दै आएकोछ । झण्डै ५ बर्ष देखी जनताको घरायसी मीटर कृषि मीटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएकोछ । यो चालु आर्थिक वर्षमा मात्रै अहिले सम्म ३ करोड़ ४३ लाख ५० हजार रक़म बुझाई सकेकोछ ।
बिद्युत शाखाको प्रमुख दिनेश यादवले जनकारी दिएको छ।