जेष्ठ ३० जनकपुर , दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा बस चालक र यात्रुसहित जम्मा ४३ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा १९ जना डिस्चार्ज भइसकेको छ भने अन्य २४ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बसका सहचालक गम्भीर घाइते छन्। अहिले उनीहरुको पहिचान खुल्न सकेको छैन। र यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।






