
जनकपुरधाम,३१ जेठ। एनएमबि बैंक लिमिटेडनले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत हंसपुर नगरपालिकामा फोहर व्यवस्थापनका लागि ५० थान डस्टबिनहरु वितरण गरेको छ।
सो कार्यक्रममा हंसपुर नगरपालिकाको तर्फबाट मेयर श्री प्रदिप कुमार यादव, बैंकको तर्फबाट मधेश प्रदेशका प्रमुख श्री कमल पोखरेल, एरिया प्रबनधक कमलेश प्रसाद यादव साथै हंसपुर शाखाको कर्मचारीहरु लगायत अन्य पधाधिकारीहरु र नगरपालिकाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द व्यान्कर “” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।