पर्सामा आगलागी हुदाँ लाखौंको क्षति

२०८१ जेष्ठ ३२, शुक्रबार १४:५६

बीरगन्ज,३२ जेठ । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित पोखरिया गाँउमा शुक्रबार बिहान एक घरगोठमा आगलागी हुदाँ लाखौंको धानमाल क्षति भएको छ । पोखरिया नगरपालिका वडा नम्बर ४ का इम्तियाज मियाँको फुसको गोठसहितको घरमा शुक्रबार बिहान आगलागी हुदाँ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब ३ बजेतिर आगलागी हुदाँ जलेर एउटा भैंसी र १६ वटा खसीबाख्रापनि मरेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन दाहालले जाानकारी दिए । मियाँको घरगोठमा लागेको आगो पोखरिया नगरपालिकाको दमकलको मदतमा स्थानीयबासी र प्रहरीले मिलेर निभाएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मियाँको घरगोठमा विद्युत सर्ट भएर आगो लागेको देखिएपनि यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?