जनकपुरधाममा यौनिक तथा लैंगिक अल्पसंख्यकले मनाए ‘प्राइड मन्थ’

२०८१ असार ७, शुक्रबार २२:२३

जनकपुरधाम,०७ असार । जुन महिनाले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि विशष महत्व राख्छ। यसै सन्दर्भमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरू जुनलाई ‘प्राइड मन्थ’ अर्थात् गर्वको महिनाका रूपमा मनाउने गर्छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्ना समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा लिन जनकपुरधाममा ‘प्राइड मन्थ’ मनाइएको छ।

धनुषा, महोत्तरी र सर्लाहीका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरु सहभागीमा आज शुक्रवार ‘प्राइड मन्थ’ मनाएका हुन । राइट हेयर राइट नाउ र केयर नेपालको आर्थिक सहयोग,निल हिरा समाजको साझेदारी र सुनौलो विहानी समाज जनकपुरधामको आयोनामा कार्यक्रम गरेको हो।

सन् १९६९ जुन २८ मा न्युयोर्क सहरको गेबार स्टोन वालइनमा प्रहरीले छापा मारेर यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई हिरासतमा लिएपछि उनीहरूको रिहाइका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनीहरूको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरी जुनलाई गौरवको महिनाका रूपमा मनाउने गरेको सुनौलो बिहानी समाज संयोजक प्रदिप यादवले जानकारी दिए ।यस कार्यक्रमले यस समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको उनले बताए।

सुनौलो विहानी समाज जनकपुरधामको कार्यालयबाट निस्केका र्‍याली जनकपुरधामको रामानन्द चौक, जानकी चौक हुँदै जनक चौकमा कार्यक्रम समापन भएको थियो। कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले विभिन्न प्रस्तुति पनि दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?