“राष्ट्रिय धान दिवस” को उपलक्ष्यमा राष्ट्रपति पौडेलले शीतल निवासमा रोपे धान

२०८१ असार १५, शनिबार ११:१९

असार १५, डेस्क। आज असार १५ गते अर्थात “राष्ट्रिय धान दिवस” को उपलक्ष्यमा राष्ट्रपति राम चन्द्र पौडेलले भवन शीतल निवासमा धान रोपाइँ गरेको छ।

राष्ट्रपति कार्यालयद्धारा आयोजित धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल लगायतका सहभागी रहेका थिए ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताएका छन् ।

धान रोपाइँ गरेपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?