पोखरीमा डुबेर धनुषामा एकै परिवारका ३ बालिकाको मृत्यु

२०८१ असार २०, बिहीबार २०:५४

जनकपुरधाम,२० असार । धनुषामा एकै परिवारका तीन बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

धनौजी गाउँपालिका ५, बअुहर्वाको घोघाई पोखरीमा डुबेर स्थानीय १० देखि १२ वर्ष उमेरका तीन बालिकाको आज (बिहीबार) मृत्यु भएको हो । मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिनुभएको छ ।

आज मध्याह्न साढे १२ बजेतिर पोखरीमा नुहाउन गएकी बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुई जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

बालिकाहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?