मेलम्ची नदीमा जलसतह बढेसँगै सतर्कता अपनाउन आग्रह

२०८१ असार २१, शुक्रबार ०९:३७

काठमाडौं,२१ असार । भारी वर्षा भएपछि सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । जल सतह बढेसँगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै, विभागले आगामी तीन दिन भारी वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार मध्य तथा पश्चिमी भेगमा अधिक वर्षा हुने विभागले प्रक्षेपण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?