ADVERTISEMENT

टी-२० ब्याटिङ वरीयतामा दीपेन्द्रको सुधार, कुन स्थानमा छन् ?

२०७९ कार्तिक ३, बिहीबार १०:५०

नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीले टी-२० ब्याटिङको नयाँ वरीयतामा एक स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका हुन् ।

यसअघि दीपेन्द्र ६२ औं स्थानमा रहेका थिए । त्यस्तै कुशल भुर्तेल भने ५३ औं स्थानमा यथावत रहँदा टी-२० को बलिङतर्फको वरीयतामा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने २ स्थान तल झर्दै ७३ औँ स्थानमा पुगेका छन् । पाकिस्तानका मोहमद रिजवान टी-२० ब्याटिङतर्फ शीर्ष स्थानमा रहँदा अष्ट्रेलियाका जोस हाजलउड बलिङमा शीर्ष स्थानमा रहेका छन् ।

यता दीपेन्द्र अलराउण्डर वरीयतामा ऐरी एक स्थान तल झर्दै १० औं स्थानमा छन् भने बंगलादेशका शाकिब अल हसन अलराउण्डरको शीर्ष स्थानमा रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?