कृषकलाई सबल बनाउँदै महिला साना किसान

२०८१ असार २३, आईतवार २१:५१

जनकपुरधाम,२३ असार । महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड लक्ष्मीनियाँ कृषकलाई सबल बनाउन विभिन्न सहयोग गरिरहेको छ । आइतबार इलोक्ट्रोनिक चाफकटर मेसिन र कुखुरा खोर सुधारको लागि कृषकलाई आर्थिक सहयोग गरिएको हो ।

संस्थाको अध्यक्ष बबिता यादवको उपस्थितिमा ३८ हजार पाँच सय पर्ने इलोक्ट्रोनिक चाफकटर मेसिन ५० प्रतिशत अनुदानमा सहकारीकी सदस्य जिवछी देवी यादवलाई दिइएको आयोजक संस्थाको प्रवन्धक सरोज कुमार यादवले जानकारी दिए । उनका अनुसार यस मेसिनले कम समयमा बढी काम (घास काट्ने) छन् । जसले गर्दा किसानको काममा सहजता ल्याउने छन् ।

संस्थाकै अर्का सदस्य सरिता कुमारी चौधरीलाई कुखुरा गोठ सुधारको लागि ४० हजार आर्थिक सहयोग गरिएको छ । यस सहयोगले महिला किसानहरुलाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुग्ने आयोजक संस्थाले विशवास लिएको छ । यी दुवै सहयोग महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड लक्ष्मीनियाँको पहलमा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड महोत्तरी बर्दिवास शाखाले गरेको हो ।

यसअघि आयोजक संस्थाले किसानहरुको लागि ५० प्रतिशत अनुदानमा साइलेश (घास) वितरण गरेको थियो । यस सहकारी संस्थाले किसानको लागि समय समयमा वित्तिय र व्यवसाय सम्बन्धी तालिम पनि दिँदै आएका छन् । मल, बीउसंगै किसानको क्षमता अभिवृद्धि र बजारीकरणको लागि पनि पहल गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?