सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८१ श्रावण ११, शुक्रबार ११:२७

काठमाडौं,११ साउन । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४५ हजार रहेको थियो ।  त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?