मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष यादवले लिए शपथ

२०८१ श्रावण ११, शुक्रबार १३:३३

जनकपुरधाम,११ साउन । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरिएको छ l मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेकी थिइन्।

आज प्रदेश प्रमुख भण्डारीले नवनियुक्त अध्यक्ष यादवलाई शपथ ग्रहण गराएका हुन् । ५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् ।

गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?