जनकपुर: रेलवेमा एक युवकको दुवै खुट्टा काटे!

२०८१ श्रावण १२, शनिबार १३:५२

जनकपुरधाम,१२ साउन । जयनगर–बर्दिवास रेल्वेमा एक युवकको दुवै खुट्टा कटेको छ । जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवाका स्थानीय श्रीराम दासको रेलमा दुवै खुट्टा कटेको हो ।

शनिबार करिब ११ः१५ बजेको समयमा धनुषाको खजुरीस्थित रेलमा दुवै खुट्टा कटेको हो । जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेल खजुरी स्टेशनदेखि करिब ३०० मिटर पश्चिम महुवा पटरीस्थित दुर्घटना भएको हो ।

महुवास्थित रेलेको छेउबाट हिडने बाटो भएकोले रेलले पटक पटक हर्न दिँदै आएको थियो । नजिकमा आएर समेत हर्न दिएपछि उनले कन्फूज भएर रेलतिरै दौडिँदा उनको खुट्टा भएर रेल गुज्रेपछि दुवै खुट्टा छिनिएको रेल विभागका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।

दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल ल्याईएको हो । उनको दुवै खुट्टा छिनिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?