काठमाडौं, २० साउन । बागमती नदी किनारमा एक पुरुषको शव फेला परेकाे छ । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव फेला परेकाे हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।
आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएकाे छ ।






