वीरगन्जबाट २ लाख १९ हजार भारतीय रुपैयाँसहित १ जना पक्राउ

२०८१ श्रावण २२, मंगलवार १४:२५

वीरगन्ज, २२ साउन । वीरगन्जबाट २ लाख १९ हजार भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरको इनर्वाबाट उक्त भारतीय रकमसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । पक्राउ परेका उनको नाम गोप्य राखि उक्त भारतीय व्याक्तिमाथि विशेष अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जनाएको छ ।

उनको साथबाट ५ सय दरको २ सय ३८ थान भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएकाे छ । बरामद रकमसहित उनलाई जिल्ला प्रहरी कार्यालयको पर्साको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?