मनरा सिस्वा नगरपालिकाले घरमै गएर दिन थाले स्वास्थ्य सेवा,७० घरपरिवारले लिए सेवा

२०८१ श्रावण २२, मंगलवार १६:०४

साउन २२, महोत्तरी । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाले घरदैलो कार्यक्रममार्फत स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाको आयोजनामा स्थानीय बासिन्दाको घरमा गई घरदैलो सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सेवा दिन थालेको हो ।

नगरपालिकाको मेयर मोहन पाण्डेको नेतृत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाको एक क्रमचारीले जानकारी दिएका छन्।

कार्यक्रम नगरपालिकाले सम्पूर्ण वडामा दिईने छन्। यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक र बाल बालिकाहरुलाई सेवा प्रदान गरि घर दैलो कार्यक्रमको सुरुवात गरिएको हो । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सेवा विस्तार गरिएको नगरपालिकाका क्रमचारीले जानकारी गराएका हुन्।

आज दोस्रो दिन दुईजना स्वास्थ्यकर्मी नगरपालिकाबाट खटेको थियो। भने ७० वटा घर परिवारले सेवा लिएका छन्। आज दोस्रो दिन लाभ लिनेको जम्मा संख्या ८३ रहेको थियो।

स्वास्थ्य चेक जाँच गर्ने क्रममा मधुमेह,स्वास प्रस्वासमा समस्या र केहि अन्य रोगहरु पता लागेका छन्।

उक्त सेवामार्फत उपचारको लागि स्वास्थ्य चौकीमा जान नपर्ने र जेष्ठ नागरिकले घरमै बसेर सेवा लिन सक्ने छन् । बिस्तारै अन्य वडामा पनि सो सेवा विस्तार गर्ने योजना पालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?