महोत्तरी,२४ साउन । महोत्तरीको बर्दिबासबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । पुर्व-पश्चिम राजमार्गमा नेपाली ट्रकबाट भारतीय ट्रकमा गाँजा सार्ने क्रममा प्रहरीले गाँजा बरामाद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सुन्तुलाल प्रसाद जैसवारले बताए ।
मंगलबार साँझ प्रहरीले ६ क्वीन्टल ११ किलोग्रा गाँजासहित दुई ट्रक र चालकलाई नियन्त्रणमा लिएको जैसवारले बताए ।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न भारत मोतिहारी ग्रामपंचायत कुरीयाका २५ वर्षीय गुड्डु कुमार यादव र मधुरापुरका २९ वर्षीय मनिष कुमार गिरीलाई नियन्त्रणमा लिएको छ । पुर्वसुचनाको अधारमा चेकजाँच गर्दा बर्दिबास–१४ बजार क्षेत्रबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
प्रहरी बागमती प्रदेश ०३ ००१ ख २८३२ नम्बरको मिनि ट्रक र बीआर ३०जी७०४३ नम्बरको भारतीय ट्रक नियन्त्रणमा लिएको छ । मिनि ट्रकबाट भारतीय ट्रकमा ४० पोका गाँजा पल्टी गरिरहेको अवस्थामा पहरीले गाँजा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक जैसवारले बताए ।






