बंगलादेशमा हिन्दु र बौद्ध समुदायमाथि आक्रमण भएको विरोधमा काठमाडौँमा प्रदर्शन

२०८१ श्रावण २६, शनिबार १५:४१

काठमाडौँ,२६ साउन । बंगलादेशमा हालैको सत्ता पलटपछि अल्पसङ्ख्यक हिन्दु र बौद्ध समुदायमाथिको आक्रमण बढेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

शनिबार राष्ट्रिय एकता अभियानको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।

उनीहरूले शेख हसिनाले देश छोडेपछि बंगलादेशमा रहेका अल्पसङ्ख्यकमाथि आक्रमण बढेको भन्दै सुरक्षाको लागि दबाबस्वरूप प्रदर्शन गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?