अमेरिकाको ओहायोमा इन्ट्रा-कप २०२४ फुटबल प्रतियोगिता आयोजना सुरु

२०८१ भाद्र १५, शनिबार २०:२३

काठमान्डौ १५,२०८१ शनिवार

अमेरिकाको ओहायोमा इन्ट्रा-कप २०२४ फुटबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्प्लेक्समा अगष्ट ३० तारिक शुक्रबारदेखि सुरु भएको हो ।पिसजोन क्लबसँगको सहकार्यमा इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्वारा आयोजित खेलमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टिम दर्ता भएका छन् । किशोर किशोरीतर्फ २९ वटा टिम दर्ता भएका छन् ।

प्रतियोगितामा अमेरिकामा रहेका नेपाली मूलका ३० वर्षमुनि, ३० देखि ३९ वर्ष र ४० वर्षदेखि माथिका पुरुष भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरू तय गरिएका छन् भने महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिस्पर्धा हुनेछ । यसैगरी १६ वर्षमुनिका किशोर किशोरीका टीमबीच पनि प्रतिस्पर्धा हुनेछ ।

सबै उमेर समूह र सबै टीमका गरी करिब एक हजार चार सय खेलाडी सहभागी प्रतियोगिता उद्घाटन इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले गरेका थिए।  त्यस अवसरमा उनले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी खेल प्रेमीलाई एक ठाउँमा ल्याइ आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले खेल आयोजना गरिएको बताए ।

३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन् । ४० वर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स, सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन् ।

यसै ४० वर्षमाथिका भेट्रान्स समूहतर्फ कोलम्बस भेट्रान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेट्रान्स, सागिना भेट्रान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेट्रान्स एफसीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पिसजोन एकेडेमी गर्ल्स, माउण्टेनियर्स एफसी, नर्थ डकोटा साइनिङ्ग स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?